शिक्षामा गुणात्मक विकास गर्न आग्रह

काठमाडों । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न सम्वद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको दाबी पनि गर्नुभयो ।

उहाँले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई प्रतिवेदन बुझाएर महत्वपूर्ण योगदान पुर्याएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुन निर्माणको कामलाई तीव्रता दिइरहेको बताउनुभयो । उहाँले मुलुकको समृद्धिको यात्रालाई सार्थक बनाउन शैक्षिक क्षेत्रमा सुधार गरेर अघि बढ्नुको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

काठमाडौंमा साेमबार आयोजित ‘१५औं राष्ट्रिय शैक्षिक अवार्ड’ वितरण कार्यक्रममा बोल्दै दाहालले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प कल्पनामा मात्रै सीमित हुने बताउनुभयो ।

अध्यक्ष दाहालले विकसित देशहरुले पनि शिक्षालाई उच्च प्राथमिकता दिने गरेको स्मरण गराउँदै नेपालजस्तो अल्पविकसित मुलुकले समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्नैपर्ने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…