मासुमा प्रतिकिलो २० रुपैयाँ अनुदान

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले उत्पादनका आधारमा मासुमा अनुदानको व्यवस्था ल्याएको छ । गाउँपालिकाले प्रतिकिलो मासुमा २० रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो ।

किसानले उत्पादन गरेको जिउँदा खसीबोकाको कारोबारमा अनुदानको व्यवस्था गरिएको हो ।

गाउँपालिका क्षेत्रभित्रका किसानका उत्पादित दूध, तरकारी र मासुमा अनुदानको व्यवस्था ल्याएसँगै स्थानीय बासिन्दा खुशी छन् । स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनका लागि अनुदानको व्यवस्था गरिएको हो । गाउँपालिका क्षेत्रमा दूध, तरकारी र मासुमा आत्मनिर्भर नभएपछि अनुदानका माध्यमबाट यूवालाई व्यावसायिक बनाउन थालिएको छ ।

युवालाई व्यावसायिक बनाउन सकेको अवस्थामा गाउँपालिका दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । दूधमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा, तरकारीमा प्रतिकिलो एक रुपैयाँ ५० पैसा र खसीबोकामा प्रतिकिलो २० रुपैयाँ अनुदानको व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।

गाउँपालिका क्षेत्रभित्रको भुवन पोखरी, सोमादी, मुभुङ्ग र छहरामा गाईभैँसीपालन गरी दूधको कारोबार बढ्दो छ । जिल्लाका रिब्दिकोट तिनाउ र बगनासकाली गाउँपालिकामा दूध उत्पादनका आधारमा अनुदान वितरणलाई कार्यान्वयन गर्न थालेपछि रैनादेवी छहरा गाउँपालिकाले पनि अनुदानको कार्यक्रम ल्याएको छ ।

अनुदानका लागि सघं संस्था, समूह तथा सहकारीमार्फत कारोबार गर्नेलाई मात्र अनुदान प्रदान गरिनेछ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ ८० किसानलाई भकारो सुधार कार्यक्रममा प्रतिभकारो सुधारका लागि सात हजार अनुदान प्रदान गरिने भएको प्रवक्ता पोखरेलले बताउनुभयो ।

गाउँपालिकाले किसानलाई मिल्कएनलाइजर, मिनि टेलर, मिल्क क्यानलगायतका कृषि औजारमा अनुदानका कार्यक्रम ल्याएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।