नेकपा सचिवालय बैठक सर्‍याे

काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सरेको छ। अध्यक्षले गृहकार्य नपुगेको बताएपछि मंगलबार बस्ने भनिएको बैठक सरेको हो।  अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहकार्य नपुगेकाले बैठक २९ गतेका लागि सरेको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए।

प्रधानमन्त्रीसमेत रहेका ओली सोमबार थाइल्याण्डबाट फर्किएपछि सचिवालय बैठक बस्ने तयारी थियो। अघिल्लो सचिवालय बैठकले नै मंगलबारका लागि मिति तय गरेको थियो। सचिवालय बैठकले स्कुल विभागलगायतका विभागको टुंगो लगाउन बाँकी छ।

साउन १३ गते बसेको अघिल्लो सचिवालय बैठकले नेताहरुको रुची बुझ्न पार्टी महासचिव पौडेललाई निर्देशनसमेत दिएको थियो।  नेकपाभित्र स्कुल विभागको विषय पेचिलो बन्दै गएको छ। स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनालदेखि घनश्याम भुसालसम्मले दाबेदारी प्रस्तुत गरेका छन्।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।