सवारी चार घण्टा चलाउँदा आधा घण्टा विश्राम अनिवार्य

काठमाडौं । अबदेखि हरेक यात्रुले तथा सवारी चालकले यात्रामा निस्केको ४ घण्टा पछि आधा घण्टा अनिवार्य बिश्राम गर्नुपर्ने भउको छ । हरेक यात्रु तथा चालकलाई यसको पालना गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ।
विभागले एक सूचना जारी गर्दै यातायात व्यवस्था ऐन २०५९ दफा १०३ मा ४ घण्टा भन्दा लामो दुरीमा चल्ने यात्रुवाहक सवारी साधनले प्रत्येक ४ घण्टामा १ पटक आधा घण्टा रोक्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि कडाई गर्न लागेको हो ।
यसैगरी दफा १०४ मा लामो बाटो (प्रस्थान स्थानबाट २५० किलोमिटर वा सो भन्दा बढी दुरीको गन्तब्य स्थान) मा यातायात सेवा संचालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा २ जना चालक अनिवार्य राखि प्रत्येक ६ घण्टामा पालैपालो चलाउनुपर्ने व्यवस्था कार्यान्वयनमा समेत विभागले जोड दिने भएको छ ।
तर यो व्यवस्था खासै प्रभावकारी हुन नसकेकोले ऐनको प्रावधान अनिवार्य रुपमा कार्यान्वयन गर्न विभागले निर्देशन दिएको हो ।
विभागले निर्देशन कार्यान्वयन नगर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ।