श्रीमान विदेश पठाउने एजेन्टले नै भत्काइदिए घर

प्रमोदकुमार साह
महोत्तरी । इस्लाम धर्मावलम्बीहरु इद पर्व मनाइरहँदा महोत्तरीकी जहिरा खातुन भने खुला आकाशमुनि रात बिताइरहेकी छिन् । खातुनको घर साहुले भत्काइदिएपछि खुला आकाशमुनी बस्नुपरेको हो ।

जिल्लाको भंगहा नगरपालिका वडा नम्बर १ बस्ने जहिरा खातुनकाे घर साहुले जबरजस्ती भत्काइदिएपछि आफू घरबार विहीन भएको बताइन् । ईद पर्वमा समेत जहिराका छोराछोरी भोक भोकै बस्नुपरेको छ । जहिराका श्रीमान सनिव शेखलाई विदेश पठाएका एजेन्ट बद्री ठाकुरले डोजर लगाएर घर भत्काएका हुन् ।

भंगहा नगरपालिका कविलासा वडा नम्बर १ का वडाध्यक्ष नवलकिशोर कापरले एजेन्ट बद्री ठाकुरले अदालतको पत्र लिएर आएको बताए । आफूले पत्र बुझ्दै केही दिन कुर्न समेत आग्रह गरेपनि बद्रीले नमानेको वडाध्यक्ष कापरको भनाइ छ ।

यता एजेन्ट ठाकुरले शेखको घर आफूले नभई अदालतले तोड्न लगाएको बताएका छन् । शेखले विदेश जानका लागि ८ वर्ष अगाडी २ लाख ५० हजार आफुसँग लिएको ठाकुरले दाबी गरेका छन् ।

यस सम्बन्धमा भंगहा नगरपालिकाका प्रमुख संजिवकुमार साहले अदालतको आदेशलाई अवमूल्यन गर्न नसक्ने बताउँदै पीडितको पुन:स्थापनाका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घटनाको बिषयमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने गैरजिम्मेवार जवाफ दिएको छ । अदालतको आदेश भन्दै मानवीय संवेदना गुमाएका बद्री ठाकुरलाई कारबाही हुनुपर्ने स्थानीयको माग छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।