अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएको छ। मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो।
यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए।
त्यसपछि दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ। सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए।
यो पनि पढ्नुहोस्