साथीलाई भेट्न गएकी बालिकामाथि यस्तो बज्रपात

काठमाडौं । भारतको मध्ये प्रदेशमा चोरीको आरोपमा एक नाबालिकामाथि कुटपिट भएको छ । घटना भएका बेला पीडित नाबालिका आफ्नो साथीलाई भेट्न गएकी थिइन् । मध्ये प्रदेशको बैतुल जिल्ला बस्ने ती बालिकालाई कुटपिटको आरोपमा केही व्यक्तिमाथि मुद्धा दायर गरिएको छ । पीडितले बताए अनुसार आफ्नो साथीसँग भेट्न गएका बेला केही खट्पट भएपछि सरी भनेर बालिका फर्किँदै थिइन् ।

त्यहीँ बीचमा बालिकाको साथी आफ्नो साथीहरु बोलाउन गएको प्रहरीले बताएको छ । उनी एक्लै भएपछि कुकुरको डरले ट्वाइलेटमा पसेकी छिन् । त्यहाँका केही मानिसले बालिकालाई ट्वाइलेटमा पसेको देखेपछि चोर भन्दै कुटपिट गरेका थिए । हरियार र लाठीका साथ आएका गाउलेले पीडित बालिकामाथि आक्रमण थालेका थिए । बालिकाले भनेकी छन्,–‘‘त्यो मानिसको भिडले उनलाई चोर भनिरहेको थियो, बच्न सक्नेस्थिति थिएन । भागेर जाँदा उल्टै आक्रमण हुने खतरा थियो ।’

प्रहरीले घटनालाई सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको जनाएको छ । पीडितले आफूमाथि भएको अन्यायलाई भुल्न नसक्ने बताएकी छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…