अधिकृत चढेको स्कार्पियोको ठक्करबाट भारतीय नागरिकको मृत्यु

रौतहट। बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रप्रसाद चन्द्रवंशी चढेको जिपको ठक्करबाट एकजना भारतीय नागरिकको ज्यान गएको छ।

गौरबाट बौधीमाई नगरपालिकातर्फ जाने क्रममा फतुवा पुलपारी राजपुर नगरपालिका–२, स्थित डाइभर्सनमा विआर ३२ पिए १५४१ नम्बरको स्कारपिओले ठक्कर दिंदा भारत विहारका ६० वर्षीय विन्देश्वर दासको घटनास्थलमै मृत्यु भएको हो।

गम्भीर घाईत दासलाई सोही स्कारपिओमा राखेर जिल्ला अस्पताल गौरमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। ठक्कर दिने जिप र चालक राकेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एसपी भुपेन्द्रबहादुर खत्रीले मृतक दासको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा ल्याएको बताए।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…