सुन ताेलाकाे ७१ हजार, यसकारण बढ्याे भाउ

काठमाडौं । तीज नजिकिदै गर्दा नेपाली बजारमा सुनको मूल्य बढेर हरेक दिन नयाँ रेकर्ड कायम हुन थालेको छ । तोलामा १ हजार रुपैयाँले बढेर मंगलबार छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाली बजारमा सुनको मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य बढिरहेको छ ।

साउन १६ गतेदेखि सुनको मूल्यमा वृद्धी भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अमेरिकाले चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउँदा त्यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्न गई लगानीकर्ताको आकर्षण सुनतर्फ भएको हो ।

चीनबाट निर्यात हुने वस्तुमा अमेरिकाले भस्सार दर बढाएपछि विश्वका शक्तिशाली दुई राष्ट्रबीच चिसापनको कारण व्यवसायी सुन किनबेचमा लागे, अनि सुन विगतको तुलनामा बढी किनबेच हुन थाल्यो । त्यही कारण सुनकाे मूल्य ह्वात्तै बढेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…