कैलाली उद्योग वाणिज्य संघको टोली पर्यटकीय भ्रमणमा

काठमाडौं । भिजिट नेपाल २०२० को पुर्व सन्ध्यामा कैलाली उद्योग वाणिज्य संघको २० जनाको टोली पर्यटकीय स्थलको तस्बिर सहित २५ श्रावणमा एक साता लामो भ्रमणमा निस्किएको छ ।

सुदूरपश्चिम भ्रमणको निम्तो दिन आफूहरु पूर्वी नेपालको भ्रमणमा निस्केको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरले बताउनुभयो ।

उहाँले बुटवल, स्याङ्जा, पाल्पा, पोखरा लेखनाथ, चितवन, हेटौडा बिरगंज, जनकपुर, बिराटनगर, दमक झापा हुँदै काठमाडौं लगायतका जिल्लामा पुगेर सुदूरपश्चिम भ्रमणको निम्तो दिइने बताउनुभयो ।

भ्रमणकाे क्रममा हरेक जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीलाई सुदूरपश्चिम भ्रमणमा आउन आग्रह गरिएको छ । साथै राज्यले तोकेका कर नीतिबारे पनि छलफल, आआफ्ना संस्थाका गतिविधि आदानप्रदान भैरहेको अध्यक्ष कुँवरले बताउनुभयो ।

सुदूरपश्चिममा प्राकृतिक, ऐतिहासिक र धार्मिक पर्यटनका सम्भावनालाई उजागर र प्रचारप्रसार गर्न भ्रमणमा निस्केको मंगलबार बिराटनगरबाट अध्यक्ष कुँवरले बताए ।

भ्रमण टोली ३२ श्रावणमा काठमाडौंबाट फर्किने जनाइएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ…

जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

आफैले बनाएको घर पनि आफ्नो नभएको महशुस भएपछि उहाँ घर छोडेर वृद्धाश्रममा बस्न पुग्नुभयो ।

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।