ट्रकले ठक्कर दिएपछि पुल भाँचियो

धनु भुसाल
नवलपुर।
पूर्व–पश्चिम राजमार्गस्थित अरुणखोला पुल ट्रकले ठक्कर दिंदा भाँचिएको छ। पुल भाँचिएपछि बुटवल–नारायणगढ सडक खण्डमा आवत-जावत गर्ने सवारीसाधन रोकिएका छन्।

नवलपुरको मध्यबिन्दु नगरपालिका १० र ११ लाई जोड्ने पुल पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकको ठक्करबाट बुधबार बिहान भाँचिएको हो ।

१० मिटर चौडाई र २ सय १४ मिटर लम्बाईको  पुलको पूर्व दक्षिणको भाग भासिएको छ। पुल भाँचिएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

पुलको मर्मत गर्न केही दिन लाग्न सक्ने भएकाले सडक डाइभर्सन गरी यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्रसिंह ठकुरी बाँके । कोहलपुर बजार । त्यही बजारमा छ, कल्पना नास्ता पसल । त्यसको संचालक छिन् कल्पना थापा ।…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ । वृष- कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ । मिथुन- यात्राको सुख…

हरिशरण न्यौपाने काठमाडौं। सरकारले आर्थिक सूचकमा राम्रो सुधार आइरहेको दाबी गरेपनि महंगी नियन्त्रण गर्न असफल देखिएको छ । राजधानीमै देखिएको…

काठमाडौं । मकवानपुरको दामनको रिसोर्टमा मृत्यु भएका ८ भरतीय नागरिकको शव नेपालले दूतावास मार्फत् मृतकका आफन्तलाई बुझाउने तयारी गरेको छ…

काठमाडौं । मुलुकमा राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । बिहीबार राष्ट्रियसभा निर्वाचन हुँदैछ । त्यसको लागि सोमबार…