अरुणखोला पुल अपडेट : ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालन

               ट्रकको ठक्करबाट भाँचिएको पुल

नवलपुर । पूर्वपश्चिम राजमार्गको अरुणखोलामा ‘डाइभर्सन’ बनाएर यातायात सञ्चालन गरिएको छ । पुल भाँचिँदा बुटवल–नारायणगढ आजतजावत गर्ने सवारी साधन रोकिएका थिए । खोलामा ‘डाइभर्सन’ बनाएपछि सवारी सुचारु भएका छन् ।

अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उहाँले बताउनुभयो । तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने उहाँले बताउनुभयो । भाँचिएको पुल मर्मतका लागि केही समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उहाँले बताउनुभयो । बिहान ना ६द ख ४७१ नम्बरको ट्रक ठोक्किएर पुल लच्किँदा यातायात अवरुद्ध भएको थियो । रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।