नेकपा–कांग्रेस विवादले खेलमैदान निर्माण रोकियो

रोल्पा । रुन्टीगढी गाउँपालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेको खेलमैदान निर्माण कार्य सत्ता र प्रतिपक्षको विवादले रोकिएको छ ।

३० लाख रुपैयँमा बनाउन लागिएको खेलमैदान सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपां र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीचको जुहारीले रोकिएको हो ।

नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका समिति र नेकपा गाउँ कमिटीले गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशन गरी एक–अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएपछि विवाद सतहमा आएको हो । कांग्रेस रुन्टीगढी गाउँपालिका संयोजक जनक पुनले खेलमैदान प्रक्रिया पूरा नगरी निर्माण गर्न लागिएको भन्दै इलाका वन कार्यालय होलेरीमा उजुरी गरेपछि विवाद बढेको हो ।

उजुरीपछि खेलमैदान निर्माणकार्य रोकिएको छ । पुनले साउन ६ गते उजुरी दर्ता गराउनुभएको थियो । खेलमैदान निर्माण गरिने ठाउँ सामुदायिक वनको क्षेत्र पर्ने भएकाले ठूलो मात्रामा वन विनाशको सम्भावना रहनुका साथै पर्यवरणीयरूपमा समेत प्रभाव पर्ने भएकाले तत्काल निर्माणकार्य रोक्न निवेदकले माग गरेका छन् । पुनको निवेदनमा विकास निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कनसमेत गर्नुपर्ने भए पनि गाउँपालिकाले त्यो शर्त पूरा नगरेको उल्लेख छ ।

नेकपा रुन्टीगढी गाउँपालिकाले साउन १९ गते प्रेस विज्ञप्ति जारी गरी कांग्रेसले स्थानीय सरकार असफल पार्न खोजेको आरोप लगाएको छ । नेकपाका गाउँपालिका अध्यक्ष आशाराम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा खेलमैदान पारदर्शी ढङ्गबाट निर्माण गर्न थालेपछि कांग्रेस आत्तिएको उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…