पहिला लेख्थेँ समाचार, अहिले हेर्छु भैंसी (भिडियोसहित)

धनु भुसाल
नवलपुर । नारायण पंगेनी, पत्रकारितामा परिचित व्यक्ति । तर अहिले उहाँ पत्रकारिता छोडेर पशुपालनमा लाग्नु भएको छ । डेढ दशक पत्रकारिता क्षेत्रमा बिताउनु भएका पंगेनी केही महिनाअघिबाट पशु पालनमा लाग्नु भएको हो ।

व्यावसायिक पशुपालनमा युवालाई आकर्षण गर्नसके कृषि क्षेत्रमा प्रशस्तै सम्भावना छन् । यसैका उदाहरण बन्नु भएको छ, कावासोती नगरपालिका १४ अग्यौलीका पंगेनी । कुनैबेला समाचारमा रम्नु हुने पंगेनी अहिले भैंसीसँग रमाउनु भएको छ । ‘पहिला समाचार सम्पादन गर्थेँ, अहिले गोठ सम्पादनमा लागेको छु’ पत्रकार पंगेनीले भन्नुभयो ।

काठमाडौमा सक्रिय पत्रकारिता गरिरहनु भएका पंगेनी संघीय तथा प्रदेशसभा निर्वाचनसँगै गृह स्थान फर्कनु भएको हो । निर्वाचनमा उहाँ नवलपुर क्षेत्र २ मा वैद्य माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार समेत बन्नु भएको थियो । निर्वाचनमा असफल भएपछि पशुपालनमा लाग्नु भएको हो ।

पारिवारिक सहयोग र हौसलाले पंगेनीलाई भैँसीको स्याहारमा जागरुक बनाएको छ । भैंसी पालनमा उहाँलाई जीवन संगिनी संगीताले साथ दिनुभएको छ । पंगेनीले भैसी पालनसँगै कावासोतीमा संयुक्त रुपमा दूग्ध डेरी समेत सञ्चालन गर्नुभएको छ । ‘पत्रकारिताबाट घर चलाउन मुश्किल पथ्र्यो’ उहाँले सुनाउनु भयो, ‘अहिले यो व्यवसायमा लागेपछि भने सजिलो भएको छ ।’

किसानका समस्यालाई मिडियाले उठाउन नसकेको पंगेनीको बुझाई छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा २९ प्रतिशत स्थान ओगटेको कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्न सकेमा  यसमा क्रान्ति हुने पंगेनीको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…