गाडीको ठक्करबाट ४ पैदलयात्रीको मृत्यु

                                     फाइल तस्बिर

काठमाडौं । काठमाडौं, रौतहट, सप्तरी, बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा मंगलबार  ५ जनाको मृत्यु भएको छ । गाडीको ठक्करबाट ४ पैदलयात्री र १ जना मोटरसाइकल चालकको मृत्यु भएको हो ।

काठमाडौं– काठमाडौं महानगरपालिका १६ स्थित बनस्थलीमा ट्रकको ठक्करबाट ललितपुर इमाडोल ४ बस्ने ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको छ । ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते नेपालीको
पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहट– राजपुर नगरपालिकामा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट भारत सितामढी ग्राम पञ्चायत पोरही बस्ने ६० वर्षीय बिन्देश्वर दासको मृत्यु भएको हो । दासलाई वडा नम्बर २ फतवास्थित सडकमा मंगलबार दिउँसो बिआर ३२ पिए १५४१ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो । उनको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरी– बोदेबरसाइन नगरपालिकामा मोटरसाइलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट ७० वर्षीय फगुनी दासको मृत्यु भएको हो । दासलाई अनटेस्ट लेखिएको मोटरसाइकलले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दिया – बासगढी नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाकाको ६ सतरियामा भे २ प ७४५२ नम्बरको मोटरसाइकल पल्टिँदा वडा नम्बर ५ पानी ट्यांकी निवासी ४७ वर्षीय खेमलाल सुवेदीको मृत्यु भएको हो ।  उनको कोललपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देही– तिलोत्तमा नगरपालिकामा बलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  नगरपालिकाको वडा नम्बर १३ स्थित सडकमा लु १ च ३२४६ नम्बरको बलेरोले सडक छेउमा बसिरहेका २५ वर्षीय बसन्त थापालाई ठक्कर दिएको हो ।  वडा नम्बर १५ बस्ने थापाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…