पाँचथरमा १२ जनालाई डेंगु

विपुल अधिकारी
पाँचथर । जिल्लामा दुई साता यता डेंगुका बिरामी भेटिन थालेका छन् । १२ जना डेंगुका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

फिदिम नगरपालिका वडा नम्बर १ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, श्रीष्मा आङ्देम्बे र सोफिया थापामा डेंगु देखिएको छ् । वडा नम्बर ११ मा कमल न्यौंपाने डेंगु भएको पाइएको छ । वडा नम्बर १२ मा रामकुमार राईमा डेंगु भेटिएको छ । फालेलुङ गाउँपालिका २ का लोकीमाया बाँनिया, लियन थोक्लिहाङ र देउमाया खत्रीलाई डेंगुले सताएको छ ।

मोरङका पुरुषोत्तम पौडेल र काठमाडौंका पुरुषोत्तम आचार्य (हाल पाँचथरमा कार्यरत)लाई डेंगुको  संक्रमण भेटिएको कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो ।  ‘जिल्ला अस्पतालमा डेंगु परिक्षण गर्ने किड नहुँदा फिदिम स्थित समर्पित अस्पतालमा परिक्षण गर्दा डेंगु भेटिएको छ’ उहाँले भन्नुभयो, ‘जिल्लामा डेंगु फेला पर्न थालेपछि जिल्ला अस्पतालमा  पनि ३० थान किड झिकाईएको छ । अब जिल्ला अस्पतालमानै परीक्षण हुन्छ ।’

डेंगु देखिएका केहिलाई उपचारको लागि जिल्ला बाहिर पठाइएको तुम्बापोको भनाई छ । ‘कहाँ–कहाँबाट आएका हुन या कहि कतै नगई संक्रमण शुरु भएको भन्ने बिषयमा अध्ययन भइरहेको छ ’ उहाँले भन्नुभयो ।  तराईका जिल्लामा व्यापक भएको यो संक्रमण जिल्लामा भेटिएपछि स्वास्थ्य कार्यालयले तथ्याङ्क  संकलन गर्न थालेको हो ।

एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सात दिन सम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरिर कटकटी दुख्नु लगायत डेंगुका लक्षण भएको तुम्बापोले बताउनु भयो । यस्तो समस्या देखा परे चाडो अस्पाताल गएर उपचार गराउन उहाँले आग्रह गर्नुभयो ।

तुम्बापोले भन्नुभयो– ‘आम  नागरिकमा डेंगु संक्रमणका बारेमा गलत धारणा रहेको छ । यो रोग भयङकर डरलाग्दो हो भन्ने भ्रमका कारण समस्या भइरहेको छ । यो सामान्य संक्रमण हो । अतिनुपर्ने कुनै कारण छैन् ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

भारत । राजधानी नयाँदिल्लीमा भएको भीषण आगलागीमा परी ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको आगलागीमा कयौं घाइते…