खसीबाट तीन करोड

तनहुँ । भिमाद नगरपालिकाका कृषकले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । वडा ९ का भानुमतीकी नरमाया थापाले गत वर्ष ६ लाख रुपैयाँको खसीबोका बिक्री गर्नुभएको थियो । ३५ वटा बाख्रा पाल्नुभएका थापाले यस वर्ष ८ लाख रुपेयाँको खसीबोका बिक्री गर्नुभएको छ ।

त्यहीठाउँकै डिलमाया आलेले पनि गत वर्ष ५ लाख रुपैयाँ बराबरको खसीबोका बिक्री भएको थियो । यसवर्ष खसीबोकाबाट ६ लाख रुपैयाँ हात पार्नुभएको छ ।  घिरिङ गाउँपालिका–५ माझकोटका नन्दवीर थापाले गत वर्ष ४ लाख रुपैयाँको खसीबोका बिक्री गर्नुएको थियो, यस वर्ष ५ लाख रुपैयाँको बेच्नुभएको छ ।

थापा र आले मात्र होइन, अधिकांश महिलाले बाख्रापालनबाट आयआर्जन गर्दैआउनुभएको छ । तनहुँ, लमजुङ र कास्कीका बाख्रापालक कृषकले खसीबोका बिक्रीबाट तीन करोड रुपेयाँ भन्दा बढी आम्दानी गरेका छन् ।

हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा तीन जिल्लामा सञ्चालित ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना’ मार्फत गठन भएका ९ वटा सहकारीमार्फत कृषकले ३ करोड ४४ लाख १७ हजार ५ सय ५९ को खसीबोका बिक्री गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।