जीर्ण बन्दै बझाङ्गी राजाको दरबार

आशिषबहादुर सिंह
बझाङ । तत्कालीन बझाङ्गी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षण अभावमा जीर्ण बनेको छ । दरबार संरक्षणमा स्थानिय मात्रै होइन संघीय सरकारको समेत ध्यान पुगेको छैन् ।

नेताहरुले निर्वाचनको समयमा पुराना सम्पदाहरुको संरक्षणमा लाग्ने बताएपनि दरबार संरक्षणमा कसैले ध्यान दिएको देखिंदैन । दरबारको संरक्षण हुन नसक्दा नजिकै रहेको जयपृथ्वी नगरपालिका चैनपुरमा आउने आन्तरिक पर्यटकले गुनासो गर्ने गरेका छन् ।

यसबारे सोध्दा मेयर बिरेन्द्र खड्काले संरक्षणका लागि पहल भइरहेको बताउने गरेका छन् । केही वर्षअघि प्रयोगमा रहेको नेपाली सेनाको टुकडी नयाँ भवनमा सरेपछि दरबार जीर्ण बनेको हो । सेनाले छोडेपछि दरबारभित्रका कोठा, खोपी र बैठक कक्ष जीर्ण बनेका छन् ।

दरबारको झ्यालका काठ पनि कुहिन लागेका छन् । भित्ताको गारो खसेको छ । तत्काल जिर्णोद्धार गर्न सकिएन भने यसको अस्तित्व नै नरहन सक्ने नागरिक समाजमा अगुवा धर्मजंगबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यही हालतमा रहने हो भने केही वर्षमै भत्किन सक्छ ।’

तत्कालीन बझाङ्गी राजा देविजङ्गबहादुर सिंहले विक्रम संवत् १९९० सालमा सुरु गरेर १९९५ सालमा निर्माण सम्पन्न गरेको यो दरबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा रहेको थियो । उनको निधनपछि आफन्तले २०४० साल तिर नेपाल सरकारलाई बिक्री गरेपछि दरबारमा २०४५ मा तत्कालीन शाही नेपाली सेनाको ब्यारेक बसेको थियो ।

२०५८ मा सुरक्षाको कारण सेना हेमन्तवाडा सरेदेखि दरबार बेवारिसे बनेको हो । २०६० मा तत्कालिन विद्रोही पक्षले दरबारमा आगजनी समेत गरेका थिए । तर स्थानीयले आगो नियन्त्रण गरेका कारण एउटा कोठा बाहेक दरबारमा ठूलो क्षति भएको थिएन । दरबारमा आगलागीबाट क्षति भएको भाग अहिले पनि उस्तै छ ।

१९९० सालको भूकम्पबाट त्रसित राजा देविजङ्गले भारतको कलकत्ताबाट इन्जिनियर र मिस्त्री ल्याएर दरबार बनाउन लगाएको पूर्वप्राध्यापक विष्णुभक्त शास्त्रीे बताउनुहुन्छ । उनले भने, भूकम्पबाट डराएका राजाले भवन निकै बलियो हुने गरि निर्माण गर्न लगाएको देखिन्छ ।’

दरबार निर्माणको क्रममा मासको गारो लगाइएको र वास्तुदोष नलागोस् भनेर भवनको जग निर्माणमा अष्टधातुको प्रयोग गरिएको हुनसक्ने पूर्वप्राध्यापक शास्त्रीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘राजा देवीजङ्ग आफैँ पनि वास्तुविज्ञ थिए । यो भवनको जस्तो मोडेल र निर्माणशैली अन्त कतै पनि भेटिएको छैन ।’ संरक्षण नगरिएका कारण बझाङमा रहेका थुप्रै पुरातात्त्विक महत्त्वका दरबारहरु भत्किसकेको र भएका पनि जीर्ण बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले भने ‘यस्तो ऐतिहासिक र पुरातात्विक सम्पदालाई राज्यले बेवास्ता गर्न नहुने हो । भोलिको पुस्ताले समेत हेर्न मिल्ने गरेर यस्ता सम्पदाको संरक्षण गर्नुपर्छ ।’

बाहिर जिल्लाबाट बझाङ्गी आउनेहरुले समेत दरबारको संरक्षण नभएको प्रति चिन्ता व्यक्त गर्ने गरेका छन । काठमाडांैबाट घुम्न आएका ईश्वरी भट्टले यस्ता संरचना बेलैमा संरक्षण र प्रर्बद्धन हुन सकेन भने भोलि पछुताउनुको विकल्प नहुने तर्क गरे ।

बझाङ को परम्परागत जीवनशैली र संस्कृति झल्काउने खालको संग्रहालयको रूपमा विकास गरिनुपर्ने स्थानीयको माग छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…