ट्रकले किच्दा नेपाल बैंकका कर्मचारीको मृत्यु

काठमाडौं ।  बालाजुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिकै ना४ख १४७९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएको ललितपुरका ५५ वर्षीय उद्धव सुनामको बुधबार मृत्यु भएको हो ।

ट्रकले पछाडि सार्न खोज्दा  सुनाम घाइते भएका थिए। उनकाे उपचारका क्रममा पिपल्स अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मुनेन्द्र थापाले जानकारी दिनुभयो ।

मृत्यु हुने सुनाम नेपाल बैंक लिमिटेड ललितपुरमा कार्यरत कर्मचारी भएको अनुसन्धानमा खुलेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।