मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम बिष्फाेट

सांकेतिक तस्बिर
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम बिष्फोट भएको छ ।
बुधबार दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा चलिरहेका बेला मुख्यमन्त्री शाहीलाई लक्षित गरी २ वटा बम बिस्फोट भएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।
बम बिष्फोटबाट मानवीय क्षति नभएको बताइएको छ । बम बिष्फाेट हुने स्थान मुख्यमन्त्री शाहीकै गाउँपालिका हाे ।