सुनको मूल्य घट्यो

काठमाडौं । लगातार बढेर ऐतिहासिक कीर्तिमान कायम गरेको सुनको मूल्य ३५ दिनपछि घटेको छ ।

नेपाली बजारमा मंगलबार अहिलेसम्मकै उच्च मूल्य कायम गरेको सुन बुधबार ७ सय रुपैयाँले घटेर ७० हजार ३ सय पुगेको छ। मंगलबार एक तोला छापावाल सुनको मूल्य ७१ हजार पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतितोला १५ सय डलर पुगेको छ। विश्व बजारमा लगातार बढिरहेका कारण नेपालमा सुनको मूल्य बढेको हो।

बुधबार तेजावी सुन प्रतितोला ७० हजारमा विक्री भइरहेको छ। यस्तै, चाँदीको मूल्य भने पनि घटेको छ। मंगलबार ८ सय ३५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य बुधबार ८ सय २० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…

काठमाडौं । सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय…