कसरी फसे सेती नदीकाे भिरमा सात गाई !

डोटी । सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा सातवटा गाई फसेका छन् । ती गाईहरु उक्त चट्टानमा कसरी फसे त्यो भने अहिलेसम्म जानकारी आएको छैन ।

तल सेती नदी तथा माथि भिर भएको उक्त ठाउँमा गाई कहिलेबाट फसेका हुन कसैलाई जानकारी भने छैन । सेती नदीको किनारमा भएको चट्टानमा फसेका गाईको उद्धारका लागि प्रयास भइरहेको डोटीका प्रजिअ टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाईहरु फसेको विषयमा मैले जानकारी पाएँ, उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीलाई भनेको छु, चाँडै उद्धार गरिनेछ ।’

फसेका गाईमध्ये केही दुधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको प्रत्यक्षदर्शी तथा स्थानीयवासी तेजबहादुर डुम्रेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही गाई दुधालु छन्, केही भने ब्याउने अवस्थाका छन्, मैले उद्धार गर्न काेशिस गरेँ तर सकिन।’

दीपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु सङ्कलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो ।

पन्तले भन्नुभयो, ‘मान्छे जान नसक्ने भिरमा गाई फसेका छन्, कसरी त्यहाँ गाई गए, कसैले धकेलेको हो कि हामी अनुसन्धान गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…

काठमाडौं । सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय…