मालपोत कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार

नारायण थापा
भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरमा पत्रकारमाथि दुव्यवहार भएको छ ।

लगातार दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन र कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको रिपोर्टिङ गर्न गएका पत्रकार सुशीलबन्धु थापालाई मालपोतको कम्प्युुटर अधिकृत शिबराज पोखरेलले दुव्यवहार गरेका हुन् ।

सेवाग्राहीको आग्रहमा मालपोत कार्यालयमा सर्भर डाउन भएको रिपोर्टिङ गर्न पुगेका भक्तपुरन्युज डटकमका प्रतिनिधि थापा, कान्तिपुर टेलिभिजनका भक्तपुर प्रतिनिधि सुन्दर सिल्पकार, न्युज २४ टेलिभिजनका भक्तपुर प्रतिनिधि रामगोपाल तमखु र हिमालय टेलिभिजनका भक्तपुर प्रतिनिधि मोहन बल्ल रिपोर्टिङका लागि मालपोत कार्यालय भक्तपुर पुगेका थिए । कार्यालयमा समाचार संकलनको दृश्य खिचिरहेका पत्रकार थापामाथि कम्प्युटर अधिकृत पोखरेलले दुव्यवहार गरेका हुन् ।

सूचना अधिकृत महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा एकाएक आएर उनले दुव्यवहार गरेका हुन् । उनको दुव्यवहार पश्चात सूचना अधिकृत अधिकारीले माफिसमेत मागेका थिए ।

कम्प्युुटर फाँटमा रहेका छ कर्मचारी मध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारी रहेका र हिजोदेखि सर्भर डाउन भएपछि सेवाग्राही मर्कामा परेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।