झण्डा र चुनाव चिन्हबारे कांग्रेसले गर्‍याे यस्तो निर्णय

काठमाडौं । नेपाली कांग्रेसको अघिल्लो महिनादेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठक अझै जारी छ । बुधबारको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले प्रस्तुत गर्नुभएकाे प्रतिवेदनमाथि छलफल भएको छ ।

बुधबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का तथा केन्द्रीय सदस्यहरु भीष्मराज आङ्दम्वे, कमला पन्त र रमेश लेखक लगायतले धारणा राख्नु भयो। बैठकले पार्टी झण्डा र चुनाव चिन्ह यथावत् राख्ने निर्णय गरेको छ ।

‘२०१५ सालको प्रथम आम निर्वाचन देखि नै नेपाली कांग्रेसका नाममा निर्वाचन आयोगमा दर्ता रही निर्वाचन चिन्ह “रुख” र तल माथि रातो पृष्ठभूमि र विचमा सेतो पृष्ठभूमिमा चार तारा रहेको झण्डा प्रयोग गर्दै आएको, हाल श्री शेरबहादुर देउवा सभापति रहनु भएको राजनीतिक दलको मुलुकका ७७ वटै जिल्लामा, जिल्ला कार्यसमिति र मातहतका निकायहरु निरन्तर क्रियाशील रहँदै आएका छन्’ बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बुधबारको बैठकले तनहुँ जिल्ला कार्य समितिमा उत्पन्न विवाद पार्टी विधान अनुसार निराकरण गर्ने निर्णय गरेको छ । ‘तनहुँ जिल्लामा श्री बैकुण्ठनाथ न्यौपाने सभापति र श्री जितप्रकाश आले कार्यवाहक सभापति रहनु भएको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेको स्पष्ट गर्दै,

 कार्यसमिति बाहेक नेपाली कांग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकोले तनहुँ जिल्लामा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लघंन र दण्डनीय कार्य भएकोले, नेपाली कांग्रेस पार्टीका कुनै पनि सदस्य यस किसिमको भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आवद्ध हुन अनुरोध गर्दै, तनहुँ जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित अन्य सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थाहरुले पनि नेपाली कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसंग मात्र नेपाली कांग्रेससंगको दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराउने । साथै, तनहुँ जिल्लामा देखिएको यस किसिमको अवैधानिक र पार्टी अनुशासनको गम्भीर उल्लघंनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावली अनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरी सहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने’ विज्ञप्तिमा भनिएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ११ गते दिउँसो २ बजे बस्ने भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।