रेडियो जनतामार्फत देशभर मितिनीसँग मनका कुरा

काठमाडौं । स्थापनाको छोटो समयमै लोकप्रिय बन्न सफल रेडियो जनता ८९.१ मेगाहर्जमा कार्यक्रम मितिनीसँग मनका कुरा प्रसारण हुने भएको छ ।

यौनिक अल्पसंख्यकका विषयवस्तुमा आधारित कार्यक्रम गैर सरकारी संस्था मितिनी नेपालको सहकार्यमा रेडियो जनता नेटवर्कमार्फत देशका विभिन्न रेडियो स्टेशनहरुमा एकैसाथ प्रसारण हुनेछ ।

पाक्षिक रुपमा शनिबार बिहान ७ः ३० बजे प्रसारण हुने यस कार्यक्रम यौनिक अल्पसंख्यकका समस्या, अधिकार र समाधानमा केन्द्रित हुने कार्यक्रमका निर्मात्री तथा प्रस्तोता प्रविणा कार्कीले बताउनुभयो । यौनिक अल्पसंख्यक भन्नाले समलिंगी महिला, पुरुष, द्वयलिंगी, पारलिंगी हुन् भन्ने बुझ्नुपर्छ । तिनै समुदायको समस्या, अधिकार र समाधानका उपाय कार्यक्रम मितिनीसँग मनका कुराका मूल विषय हुने कार्कीले बताउनुभयो ।

कार्यक्रम मितिनीसँग मनका कुरा कार्यक्रम रेडियो जनता नेटवर्कमार्फत काठमाडौंमा रेडियो जनता ८९.१ मेघाहर्ज, झापामा रेडियो भिजन ९१.६ मेघाहर्ज, बारामा रेडियो बादल ८९. मेघाहर्ज, मकवानपुर हेटौडामा हेटौडा एफएम ९६.६ मेघाहर्ज, पोखरा रेडियो कास्कीमा ९६.५मेघाहर्ज, दांगमा हाम्रो पहुँच एफएम ८९ मेघाहर्ज, सुर्खेतमा रेडियो प्रदेश १००.५ मेघाहर्ज, र डोटीमा रेडियो डोटी ९८.५मेघाहर्जमा एकैसाथ सुन्न सकिनेछ ।

कार्यक्रममा यौनिक अल्पसंख्यक सम्बन्धि कुराकानी, यस क्षेत्रमा भएका गतिविधि र समस्या एवं ब्यक्तिगत अनुभवका कुराका बारेमा छलफल गरिनेछ ।

आगामी दुई वर्षसम्म कार्यक्रम उत्पादन तथा प्रसारण गर्न मितिनी नेपाल र रेडियो जनता नेटवर्कबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

रेडियो प्रमुख दीपेन्द्र दोङ तामाङको रोहवरमा सम्पन्न सम्झौतामा मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलान र रेडियोका बजार प्रबन्धक उमेश भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…