जम्मू-कश्मीर सीमामा पाकिस्तानी सेना तैनाथ

काठमाडौं । पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा तैनाथ सैनिकलाई पाकिस्तान–कश्मीरको सीमा क्षेत्रमा तैनाथ गर्ने भएको छ ।

अमेरिकाका लागि पकिस्तानी राजदूत असद मजीद खानले अफगानिस्तानको सीमाबाट सेना हटाएर कश्मीरको सीमामा फेरि तैनाथ गर्न सक्ने बताएका हुन् ।

कश्मीर मुद्दामा अमेरिका र अन्तर्राष्ट्रिय समुदायबाट हस्तक्षेपको अपेक्षा गरिरहेको पाकिस्तानले साथ नपाएपछि यस्तो बयान सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानले बुधबार पाकिस्तान–कश्मीर सीमा क्षेत्रमा बाक्लो हवाई गस्तीकाबीच ७३र्औ स्वतन्त्रा दिवस मनाएको छ । यसअघि जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० को प्रावधान हटाइएको विरोधमा पाकिस्तानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अपिल गरेको थियो ।

पोल्याण्डले पाकिस्तानसँग कश्मीर मामिलामा द्विपक्षीय समाधान निकाल्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…

काठमाडौं । सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय…