नेपालद्वारा अफगानिस्तानको राष्ट्रिय टिम पराजित

काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानको राष्ट्रिय भलिबल टिमलाई पराजित गरेको छ ।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले ३–२ को सेटमा अफगानिस्तानलाई हराएको हो ।

पहिलो सेट २२–२५ र चौथो सेट २३–२५ ले गुमाएपनि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले जितेको नेपालले निर्णायक सेट १५–१३ ले हात पारेको थियो ।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल बिहिबार हुनेछ ।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।