थाइराइड परीक्षण मेसिन सञ्चालन

इलाम । इलाम अस्पतालले पहिलोपटक थाइराइड परीक्षण गर्ने मेसिन सञ्चालनमा ल्याउने भएको छ ।

अस्पतालले दश लाखमा थाइराइड परीक्षण गर्ने चाइनिज मेसिन खरिद गरेको र आगामी भदौ १ गतेबाट बिरामीहरुको परीक्षण शुरु गर्ने भएको हो । गाउँका अस्पतालमा थाइराइड मेसिन आएपछि बिरामीलाई सहज हुने भएको छ ।

पाँच वर्षअघि शुरु भएको अस्पतालमा बहिरंग, इमरजेन्सीका साथै एक्सरे, भिडियो एक्सरेलगायतका सेवा सञ्चालनमा रहेका छन् ।

इलाम अस्पतालमै आधुनिक उपकरण जडान भएपछि अन्य अस्पतालमा धाउन बाध्य सेवाग्राहीलाई सजिलो हुने भएको छ ।

थाइराइड मेसिन जडान भएपछि सरकारी अस्पतालमा रहेको दररेट हेरेर सहुलियतमा परीक्षण शुल्क तोकिने इलाम अस्पतालको तयारी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।