काभ्रेको तेमालमा जनैपूर्णिमाको सार्वजनिक बिदा

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिकाको केन्द्रमा अवस्थित नारायणको मन्दिर परिसरमा जनैपूर्णिमाको अवसरमा परापूर्वकालदेखि नै जनैपूर्णे धार्मिकजात्रा हुने गरेका कारण स्थानीय बासिन्दाको उल्लेय सहभागिता रहने भएकाले बिहीबार सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बताउनुभयो ।

‘नारायणस्थानमा लाग्ने धार्मिकजात्रा तेमालको सांस्कृतिक पर्वकै रुपमा विकास हुँदै गएको र तेमाललगायत छिमेकी गाउँपालिका/नगरपालिकादेखि अन्य जिल्लाबाटसमेत भक्तजनको उपस्थिति हुने भएकोले बिदा गरिएको हो गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…