खम्बा गाडेको १० वर्षपछि बल्यो बिजुली

सिन्धुपाल्चोक । स्थानीय तह सञ्चालनमा आएसँगै गाउँमा विद्युत् बल्न थालेपछि टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका स्थानीयवासी हर्षित भएका छन् ।

पोल गाडेको करीब १० वर्ष बितेको भए पनि स्थानीय तह सञ्चालनसँगै गाउँमा छोटो समयमै विद्युत्सेवा विस्तारभएपछि स्थानीयवासी हर्षित भएका हुन् ।

लामो समयदेखि विद्युत् बाल्ने आशामा बसेका स्थानीयवासीले गाउँपालिकाको गत आर्थिक वर्षको करिब ७५ लाखको बजेटमा विद्युत् विस्तारको काम सम्पन्न भएसँगै विद्युत्सेवा उपभोग गर्न पाएका हुन् ।

वडाभित्र रहेका करीब ४ सय ५० घर धुरीमध्ये मङ्गलबारबाट दुई सय घरमा विद्युत् बल्न थालेको वडा कार्यालयका सूचना अधिकारी सीताराम लुइँटेलले जानकारी दिनुभयो ।

स्थानीयवासीले विद्युत् मिटर समयमा पाउन नसेकाले अन्य घरमा विद्युत् विस्तारमा केही ढिला भएको वडा कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानी र स्थानीयवासीको करिब ३० प्रतिशत जनश्रमदानमा वडाका सबै स्थानमा मुख्यलाइन पुगेको छ । तर शाखा लाइनमा विद्युत् विस्तारका लागि तार नपुग्दा भने ४० घरको हारहारीमा विद्युत् पुर्याउन समस्या रहेको वडा कार्यालयले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…