कतारमा नेपालीमाथि सांघातिक आक्रमण, एकको मृत्यु

काठमाडौं । कतारको दोहास्थित जैदा पार्कमा मंगलबार राति भएको सांघातिक आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । कतारस्थित नेपाली दूतावासद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको हो । पाँच जना घाइतेमध्ये गम्भीर उमर अन्सारीको हमाद अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

अरुको पनि त्यहीँ उपचार भइरहेको छ । घाइतेमध्ये इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।

घटनापछि पक्राउ परेका दुई नेपाली घाइते अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको पहलमा प्रहरीबाट हिरासतमुक्त गराइसकिएको दूतावासले जनाएको छ । दूतावासले घाइते सबै सुनसरी जिल्लावासी भएको जनाएको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…