प्रदेश २ मा आज सार्वजनिक बिदा

काठमाडौं । प्रदेश २ सरकारले जनैपूर्णिमाको अवसरमा आज सार्वजिक बिदा दिएको छ । प्रदेश २ सरकारले बुधबार एक शुभकामना सन्देश जारी गर्दै रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएकाे शुभकामना सन्देशमा लेखिएको छ, ‘रक्षाबन्धन पर्वको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा हर्षोल्लासका साथ यस पर्वलाई मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु ।’