बालिका बेचेको भन्दै बाल मन्दिरका निर्देशक समातिए

काठमाडौं । बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचबिखनको आरोपमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार केही दिनअघि नै प्रहरीले डंगोललाई पक्राउ गरेको हो । बेलायती नागरिक डिना स्मिथलाई निर्देशक डंगोलले बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ ।

स्रोतका अनुसार केही दिनअघि बच्चा लिएर बेलायत उड्न लागेकी स्मिथलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको थियो । स्मिथले एक गर्भपतन केन्द्रमा जन्मिएका बालिकालाई बाल मन्दिरका निर्देशक डंगोलले किनेर धर्मपुत्रीका रुपमा आफ्नो देश लैजान सघाएको बयान दिएलगत्तै प्रहरीले डंगोललाई पक्राउ गरेको हो । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…

काठमाडौं । सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय…