मन्त्री नै ठेकेदार रहेका सडक अधुरा

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित भएका पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।

बुधबार जनता समाचार डटकम मा मालपोत कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, जम्मू-कश्मीर सीमामा पाकिस्तानी सेना तैनाथ, कसरी फसे सेती नदीको भिरमा सात गाई ?, मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम बिष्फोट, थाइराइड परीक्षण मेसिन सञ्चालन, जीर्ण बन्दै बझाङ्गी राजाको दरबार र खम्बा गाडेको १० वर्षपछि बल्यो बिजुली लगायतका समाचारहरु प्रकाशन गरिए ।

अन्नपूर्ण पोष्ट् दैनिकले ‘मन्त्री नै ठेकेदार, सडक अधुरा’ शीर्षकमा प्रमुख समाचार छापेको छ । समाचार अनुसार सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत पर्ने सुवाघाट -टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने  थियाे । तर अझै रोकिएको छ । यसैगरी कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री स्वामित्वको निर्माण कम्पनीले ठेक्का लिएका सुर्खेतका चारवटा सडक आयोजना अधुरै रहेका छन् ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २५ किलोमिटर लामो सुवाघाट -टुँडीखेल सडक निर्माणको जिम्मा लुम्बिनि /एमके/ लोहनी /जेभी काठमाडौंले लिएका थिए । पत्रिकाले भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका खत्री नै ठेकेदार रहेका योजना समेत अधुरा रहेको भन्दै बिश्लेषणात्मक समाचार बनाएको छ ।

कान्तिपुर दैनिकमा सरकारले आतंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि कठोर रणनीति ल्याएको मुख्य समाचार छ । मन्त्रिपरिषदले अघिल्लो साता ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०७६ पास गरिसकेको समाचारमा उल्लेख छ ।

सो कार्ययोजनाअनुसार अब अन्य जुनकुनै अभियोग लागेलगत्तै अनुसन्धानकारी निकायहरुले अनिवार्य रुपमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान पनि गर्नुपर्ने भएको छ । समाचारमा लेखिएको छ, ‘अब सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान र मुद्दा दायर प्रहरीले गर्न पाउने छ । त्यसका लागि प्रहरीको क्षमता अभिवृद्धि गर्ने कार्ययोजनामा उल्लेख छ ।’

नागरिक दैनिकले नेकपाभित्र विभागीय भागबन्डा नमिल्दा सचिवालय बैठक पटक – पटक स्थगित हुँदै आएको विषयलाई मुख्य समाचार बनाएको छ । समाचारमा उल्लेख भए अनुसार नेकपामा स्कुल विभाग कसले लिने भन्ने विवाद यथावत रहेको अवस्थामा महिला, युवा, मजदुर विभागमा समेत विवाददेखा परेको छ ।

कारोबार दैनिकले ‘औद्योगिक क्षेत्रमै दैनिक १५ पटक विद्युत कटौती’ शीर्षकमा प्रमुख समाचार छापेको छ । मोरङ सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत कटौती हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…

काठमाडौं । सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय…