थानकोट नाका : लागूऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु

फाइल तस्बिर

काठमाडौं । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागूऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागूऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागूऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउनुहुन्छ । ‘थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागूऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ’, उहाँले भन्नुहुन्छ । यस्तै, भक्तपुरको जगाती, काठमाडौँको दक्षिणकालीबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौं प्रहरीले आव २०७५÷०७६ मा मात्र लागूऔषधसम्बन्धी ५२५ विरुद्ध मुद्दा दायर गरेको छ । आव २०७५÷०७६ मा भक्तपुरले ३६ र ललितपुरले ५९ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली लागूऔषध ओसारपसारमा तराई–मधेश मूलका व्यक्ति धेरै संलग्न हुने गरेको बताउनुहुन्छ । ‘छिमेकी मुलुक भारतको खुला सिमानाका कारण पनि तराईको बाटो हुँदै धेरै लागूऔषध उपत्यका भित्रिने गरेको छ’, उहाँ भन्नुहुन्छ । लागुूऔषधभित्र पर्ने गाँजा र अफिमबाहेक सबै लागूऔषध विदेशबाट आयात हुने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्रसिंह ठकुरी बाँके । कोहलपुर बजार । त्यही बजारमा छ, कल्पना नास्ता पसल । त्यसको संचालक छिन् कल्पना थापा ।…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ । वृष- कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ । मिथुन- यात्राको सुख…

हरिशरण न्यौपाने काठमाडौं। सरकारले आर्थिक सूचकमा राम्रो सुधार आइरहेको दाबी गरेपनि महंगी नियन्त्रण गर्न असफल देखिएको छ । राजधानीमै देखिएको…

काठमाडौं । मकवानपुरको दामनको रिसोर्टमा मृत्यु भएका ८ भरतीय नागरिकको शव नेपालले दूतावास मार्फत् मृतकका आफन्तलाई बुझाउने तयारी गरेको छ…

काठमाडौं । मुलुकमा राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । बिहीबार राष्ट्रियसभा निर्वाचन हुँदैछ । त्यसको लागि सोमबार…