वरिष्ठ साहित्यकार लख्खीदेवी सुन्दासको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार प्रा.डा. लख्खीदेवी सुन्दासको निधन भएको छ । भारतको दार्जिलिङमा रहेर लामो समय नेपाली साहित्यमा सक्रिय रहनुभएकी  सुन्दासको सिलिगुडीस्थित नर्सिङ होममा बिहीबार ८५ वर्षको उमेरमा मृत्यु भएको हो।

सुन्दासको पार्थिव शरीरलाई शुक्रबार श्रद्धाञ्जलिका लागि प्रधाननगरस्थित निवासमा राखिने भएको छ । शनिबार सिलिगुडीमै अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

साहित्यकार डा. सुन्दासले प्रवास क्षेत्रमा नेपाली साहित्यको विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । जीवनको लामो समय दार्जिलिङमा सरकारी सेवामा व्यतित गर्नुभएकी सून्दासले उत्तर बंगाल विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको थियो । सुन्दास सन् १९३४ साल मार्च २७ तारिकमा जन्मिनुभएको थियो ।

डा. सुन्दासका ‘खै रिपोर्ट आएन’ र ‘तेस्रो घर’ चर्चित कथा छन्। सम्भावित अर्थ समर्पित एकान्त, आहात अनुभूति, अकादमी निबन्धावली र गुमानसिंह चामलिङका कविता उनका साहित्यिक कृति हुन्। यस्तै, साहित्यकार लख्खीदेवीका समाचोलचनात्मक कृतिसमेत प्रकाशित छन्।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।