Logo मंसिर ११, २०७७ बिहीबार


भगवानको लगौंटी खुस्किएपछि भक्तहरुको महाप्रलय…

ब्लग

भगवानले कसैलाई बलात्कार गरे बलात्कृत महिलाको योनी पवित्र हुन्छ । अझ गर्भ नै बसेछ भने पाठेघर समेत पवित्र हुन्छ। भगवानले कसैसँग घुस लिए भने घुस लिएको बराबरको रकम स्वत दान हुन पुग्छ। भगवानले कसैको जमीन खोस्यो भने भूमिदान हुन्छ। गाई चोर्यो भने गौदान हुन्छ । छोरी उडायो भने कन्यादान हुन्छ। जिन्दगी नै चुडाइँदियो भने हत्या हुँदैन महाप्रस्थान हुन्छ। यो भक्तहरूको शास्त्रमा लेखिएको हुन्छ।

कृष्ण चरित्रमा भगवानलाई पाप लाग्दैन भन्ने लिला शिर्षकको एउटा अलग अध्याय नै छ। भगवानले जे गर्छन् भलो गर्छन् भन्ने मान्यता त्यसै गरी जन्मेको हो। नुहाइरहेका केटी मान्छेका फेर्ने कपडा लुकाइदिएर रुखमा बसेर तमासा हेर्ने काम कुनै पुरुषले गर्यो भने त्यो कति ठूलो अपराध हुन्छ ? तर भगवान मानिएका कृष्णले त्यही काम गर्दा कृष्णका महान दृष्टि परेकाले गोपिनीहरूका ती अङ्गहरू पवित्र भए भनेर गदगद हुने चलन हामीमा छ।

भगवान मान्ने सिद्दान्तले हरेक शक्तिशाली या शक्तिमा रहेको मानिसभित्र भगवानको छनक पाउँछ। जब कसैलाई भगवान या सो सरह मानिन्छ, त्यसपछि उसले गरेका समस्त अपराधहरूलाई आँखा चिम्लेर जय जय गरिन्छ । हिंजो कसैले राजालाई भगवान माने । राजाले गर्ने हरेक कामलाई महान देखे । हिजो कसैले प्रचण्डलाई, कसैले केपी ओलीलाई र कसैले शेर बहादुर देउवालाई भगवान मान्यौं । जब ती भगवानहरूको रङ्ग खुइलियो तब हामी नयाँ भगवानको खोजीमा लाग्यौं ।

केही समय यता हामी केहीले रवि लामिछानेलाई भगवान मान्यौं । अहिले रवि भगवानको पनि रङ्ग उड्न सुरु गरेको छ। भक्तहरूको भयानक दुख के हो भने उनीहरू कहिल्यै असल मानिस खोज्दैनन् । मात्रै भगवान खोज्छन्।

भगवान मान्छेले मान्छेमाथि गरेको अतिरेक विश्वास हो ।वास्तवमा भगवान एउटा कल्पना मात्र हो। मानिस कमजोरी सहित हुन्छ। कसैमा कमजोरी पक्ष बढी र असल पक्ष बढी र कसैमा असल पक्ष बढी र कमजोरी कम हुन्छन्।

भक्तहरु आफ्नो आँखाले हेर्दैनन्। आफ्ना कानले सोच्दैनन्। आफ्ना इन्द्रीयहरूबाट अनुभूति गर्दैनन् र आफ्नो दिमागले सोच्दैनन्। भक्तहरूको विश्वास हुन्छ, भगवान भरोसा। जुन दिन भगवानको लगौंटी खुस्किन्छ त्यो दिन भक्तहरूको लोकबाट महाप्रलय हुन्छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।