Logo मंसिर ९, २०७७ मंगलबार


युवालाई सही र गलत छुट्याउने सामर्थ्य मिलोस्

कलंकी चोक, जहाँ म सँधैजसो नोट फोटोकपी र प्रिजेन्टेशनका पेपर प्रिन्ट गर्न जाने ठाउँ । प्रायःजसो साँझपख ६–७ बजेपछि एकजना व्यक्ति जो प्रायः त्यही पसलमा बस्थे। हेर्दा ४२–४३ किलो तोल होला जस्तो लाग्ने, पातलो शरीर, होचो कद ।  छुचो स्वर ।जहिले पनि हतारमा भएको जस्तो देखिने । उनी सँधै त्यहीँ बसिरहेका हुन्थे ।

उनी आफैले मलाई बोलाउन थाले र हातसम्म मिलाउने गर्थ्यौं । पछि बुझ्दै जाँदा थाहा भयो कि उनको सेक्युरिटी कम्पनी रहेछ । हरेक गार्डबाट महिनाको ३ देखि ५ हजारसम्म कमिसन बुझ्दा रहेछन् । त्यसबाट महिनामै दुई लाख रुपैयाँसम्म कमाई हुँदो रहेछ ।

मलाई ती मान्छे मनपर्न छोड्यो । मेरो नजरमा ती दलाल ठहरिए । केही महिनापछि त्यो पसलमा पत्रकार रवि लामिछाने स्ट्रिग अपरेशन गर्न पुगे । पसलका साहुजी सरकारी विभिन्न कार्यालयको नक्कली लोगो, नक्कली सटिफिकेट बनाएको किर्ते मुद्दा अनुसन्धानका लागि केही दिन जेल चलान पनि भए र शायद मुद्दा चलिराखेको छ ।

अझै खासमा ती पसले साहुले सामान्य ग्राफिक्सको काम मार्फत विदेश जानेका लागि सिफारिस बनाउँथे । जुन कार्य अनैतिक थियो । रविले तिनको पर्दाफास गरे । यस्तै कार्यले रवि पीडितको आवाज उठाउने पत्रकार कहलिए ।

उनको हिरोइज्मको ग्राफ उकालो लाग्दै थियो । यही क्रममा समाचार आयो– रवि लामिछानेको कार्यक्रममा सहकार्य गर्ने एकजना पत्रकारले आत्महत्या गरे । हामीले समाचार स्किप गयौैं तर गहन अध्ययन गरेनौं ।

दिनहुँजसो सामाजिक सञ्जालमा खासगरी यूट्युबमा आउने नकारात्मक समाचारको विषयमा चर्चा परिचर्चा गर्नुभन्दा सकारात्मक सोचका युवा पुस्ताका अभावलाई कसरी बढाउन सकिएला केही दिनदेखि अनुसन्धान गरी राखेका थियौं।

यसैक्रममा सामाजिक सञ्जालमा पुडासैनीको आत्महत्या अघिको घोषणा भन्दै आएको भिडियो हेर्दा हामी झसङ्ग भयौं । केही दिनअघि आत्महत्या गर्ने मान्छे त मसँग हात मिलाउने साथी पो रहेछ र बल्ल थाहा पाएँ उनको नाम शालिकराम पुडासैनी हो भनेर।

मन स्तब्ध भयो । हाम्रो नेपाली समाज अतिथि देवो भव भनेर सोच्ने समाज हो ।

यो सामुहिकतामा विश्वास राख्ने नेपाली समाज । न्याय र पाप धर्ममा आस्था राख्ने समाज । हिजो शालिकरामको विषयमा छानविन हुनुपर्छ भन्ने समाज जब भिडियो आयो तब भिडियो बनावटी, उनी मानसिक रोगी र उनी गलत अनि रविजी र उहाँको टीम सबै ठिक भन्दै फेसबुकदेखि सडकसम्म माहोल तातेको छ ।

देश नै हो वा होइन बिषयमा खण्डित छ र आफूलाई आफैं गज्जबको विश्लेषक सोच्ने बेरोजगारी हामी युवा नाना थरिका बहस अनायासै अल्झिरहेका छौं । देशको व्यवस्था परिवर्तन भएपनि आम नेपाली नागरिकको अवस्था परिवर्तन नहुनु र देशका डाक्टरले बाटो बिराउँदा आज रवि, धुर्मुस, केसी र शाही नामक झाक्रीको पछि देश दौडिन बाध्य छ जुन नेपाल र नेपालीका लागि दुःखद कुरा हो ।

देशमा हरेक १० वर्षमा राजनीतिक परिवर्तन हुने गरेको छ । तर त्यसको उपलब्धि जनताले अनुभूति पाएका छन् । उपलब्धि परिवर्तनको शासकले मात्र लिइरहेका छन् ।

चितवनमा उतारिएको जनमानसलाई बेलैमा विश्लेषण नगर्ने हो भने हाम्रा नेता, हाम्रा पार्टी एकादेशको कथा र डाइनोसर हुन बेर छैन ।

शालिकराम जो अति महत्वकांक्षी थिए । उनका इच्छा महत्वकांक्षाको भोक जसले उनलाई आफ्नै साथीको फोटोकपी पसलेको पोल खोल्न बाध्य बनायो । उनले रविलाई ठूलाठस्ला सेटिङ्गमा सघाए । र अन्तत आफै समाप्त भए ।

अहिलेका अधिकांश युवा नाम र दामका भोका छन् । त्यहीकारण उनीहरु नाम र पैसाको लागि जस्तो सुकै कार्य गर्न पनि तम्तयार भएको देखिन्छ । शालिकरामको दुःखद अन्त्यबाट युवाले केही सिक्नुपर्छ । रविजीका लागि मर्न र मार्न तयार अन्धभक्तहरुको अवस्था आशाराम बापू र रामरहिमका चेलाको जस्तो नहोस् ।

सयजना दोषी छुटिरहँदा एकजना निर्दोष कारबाहीको भागी नहोस् । कानुनी राज्यको प्रत्याभूति आम नेपालीलाई होस् । युवालाई सही र गलत छुट्याउने सामर्थ्य मिलोस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।