विप्लव समूहद्वारा मन्दिरको जग्गा कब्जा

सल्यान । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा ६ रोपनी जग्गा कब्जा गरेको छ । छत्रेश्वरी गाउँपालिका–६, लान्तीमा रहेको खैरावाङ मन्दिरको ६ रोपनी जग्गा कब्जा गरेको हो ।

विप्लवको ‘जिल्ला जनपरिषद्’ सल्यानले  जग्गामा झण्डा गाडेको छ भने कालो ब्यानरसमेत टाँगेको छ ।

‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भूमाफिया हाम्रो निशानी, जनयुद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुन: जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउँदछौँ’ ब्यानरमा लेखिएको छ।

जग्गालाई वार्षिक १३ हजार भाडा तिरेर एक व्यक्तिले खेतीपाती गर्दै आएको खैरावाङ मन्दिर समितिले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।