समाजवाद सपना मात्र हो र ?

अहिले हामी चाहिँ के गरिरहेका छौँ ? कस्तो जीवनशैली अपनाइरहेका छौँ । हाम्रा सेल्टरदाता र क्रान्तिकालका हाम्रा भाग्य विधाताहरूको हालत के छ ? हाम्रो ठाँट, बाँट र जीवनशैली जनतालाई पचेको छ कि छैन ? हामीले जनतालाई बाँडेको समाजवादको सपना र हाम्रो व्यवहारबीच मेल छ कि छैन् ? अनि हाम्रो कार्यशैली जनतालाई पचेको छ कि छैन ? जनता र कार्यकर्ताहरूमा के कस्तो प्रभाव परिरहेको छ ? गम्भीर समिक्षा गर्ने बेला भएन र ?

म को सट्टा हामी , मेरोको ठाउँमा हाम्रो अनि व्यक्तिका सट्टा समाज वा राज्यको भूमिका प्रधान हुने व्यवस्था समाजवाद हो । समाजवादमा व्यक्तिगत स्पर्धा भन्दा सामुहिक सहकार्यमा ध्यान दिइन्छ । उत्पादन, वितरण तथा व्यवस्थापनमा साझा भूमिका वा सामुहिक दायित्वमा जोड दिइन्छ समाजवादमा । समाजवादमा होडको सट्टा सहकार्य, लडाईंको स्थानमा सद्भाव अनि द्वन्द्वका स्थानमा मित्रतालाई प्राथमिकता दिइन्छ । विभेद वा भेदभाव हुँदैन । क्षेत्र, जाति या धर्मका नाममा हुने विभेदको कुनै गुञ्जायस हुनु हुँदैन । पुरूष र महिलाबीच लिंगीय आधारमा, तल्लो र माथिल्लो जात, पानी चल्ने र नचल्ने जात भनेर गरिने विभेदको कुनै स्थान हुँदैन । समाजवाद हरेक कोणबाट समानतालाई सर्वोपरि राख्ने सर्वोत्तम व्यवस्था हो ।

समाजवादमा पुँजीको सट्टा श्रमको पुजा हुन्छ । धनको सट्टा मनको पुजा हुन्छ । विवेक र विचारले समाजलाई नेतृत्व गर्ने विधि हो समाजवाद । ठालुहरू, हुने खाने धनकुबेरहरू र दलाल पुँजीपति भन्दा श्रमिकको सेवा गर्ने व्यवस्था हो समाजवाद । ठूलाबडाको सेवामा हाजिर हुने, उनीहरूको गीत गाउन मस्त हुने अनि उनीहरूकै निम्ति विधि बनाएर रकमीआनन्द लिने सरकारको सट्टा सबभन्दा बढी श्रम गर्ने अनि देशमा सबभन्दा जोखिमपूर्ण श्रम गर्ने महान मजदुरलाई सम्मान गर्ने व्यवस्था हो समाजवाद ।

समाजवाद महान विचारक कार्ल मार्क्सले परिकल्पना गरेको कमरेड लेनिनले अमल गरेर रूसमा प्रयोग गरेको अनि अहिले क्युवामा व्यवहारमा प्रयोग भइरहेको अति सुन्दर व्यवस्था हो । जहाँ, सुख दुःख बराबरी समाजवाद हो । बराबरीको भावनाले काम गरेको हुन्छ । अर्थात् समाजवाद भनेको देशका नागरिकलाई समान सेवा, समान सुविधा दिने व्यवस्था हो । अझ भन्नु पर्दा हरेकलाई काम अनि कामअनुसारको दाम दिने व्यवस्था हो समाजवाद । समान कामको समान ज्यालामा आधारित श्रम नीति समाजवादको विशेषता हो ।

आजको मान्छे आफूलाई सम्पूर्ण ठान्छ । आफू बाहेक अरूको आवश्यकता महसुस गर्दैन । मान्छेलाई पुँजीवादले यसरी गाँजेको छ कि ऊ आफ्नो परिवारमै सीमित हुन थालिसक्यो । मान्छेले आफू सामाजिक प्राणी हुनुको अर्थ भुल्न थालिसक्यो । समाजबिना मान्छेको जीवन निरर्थक हुने कुरा स्मरण गराउनु पर्छ मान्छेहरूलाई आजकल । मान्छेहरू आफ्नो परिवारलाई जनसंख्या र आफ्नो चार आना जग्गा र घरलाई मुलुक ठान्न थालिसके । अर्थात् मान्छेहरू आफ्नो स्वत्व, समाजको महत्व, अनि देश, जनता तथा संस्कार र संस्कृतिसमेतलाई बिर्सन थालिसकेका छन् ।

मदन भण्डारीले धनतीर आँखै लगाएनन् । हाम्रा फाउण्डेशनहरू के सिकाउँदैछन् ? हाम्रा सर्वहारा नेताहरू के गर्दैछन ? कस्तो जीवन बाँचिरहेका छन ? जीवनशैली कस्तो छ ? अनि जनताका समस्या बुझ्ने , कार्यकर्ताको कुरा सुन्ने, सरोकारवालालाई कसरी सकारात्मक र सहयोगी बनाउने ? के– के विषयमा कसरी होमवर्क र वर्कआउट गर्ने ?

अहिले हामी समाजवाद निर्माणतर्फ समाजलाई डोर्याउने प्रयास गरिरहेका छौँ । समाजवाद उन्मुख आर्थिक ढाँचा निर्माणको कुरा गरिरहेका छौँ । यस क्रममा हामी हाम्रो आर्थिक कार्यक्रमको ढाँचा निर्माण गरिरहेका छौँ । हाम्रा नीति र कार्यक्रम निर्माण गरिरहेका छौँ । यहाँ हामी पहिले उत्पादन त्यसपछि मात्र वितरण भनिरहेका छौँ । उत्पादन नै नभएपछि के को वितरण ? भन्ने हाम्रो कुरा हुन सक्छ । तर समाजवादी दृष्टिकोणले हेर्दा त्यस्तो कदापि सही होइन । समाजवाद भनेको उत्पादन र वितरणसँगै लैजाने व्यवस्था हो । उत्पादन र वितरण दुवै निरन्तर चल्ने प्रणाली हुन् ।

समाजवादमा शिक्षा र स्वास्थ्य सरकारको जिम्माको विषय हुन्छ । राज्यले शिक्षा र स्वास्थ्यको ग्यारेण्टी गरेको हुनुपर्छ । आर्थिक कारणले धनी र गरिब पढ्ने विद्यालय फरक हुने व्यवस्था समाजवादी व्यवस्था हुनै सक्दैन । आर्थिक कारणले नै धनी र गरिबका छोराछोरी या आमाबुबा या दाजुबहिनी र दिदीभाइले फरक अस्पताल जाने अथवा उपचार गर्न नसकेर मृत्यु रोज्नुपर्ने व्यवस्था पनि समाजवाद हुन सक्दैन । समाजवादले देशका सबै नागरिकलाई शिक्षा, स्वास्थ्य अनि आवास र रोजगारीका सवालमा सम्पूर्ण नागरिकलाई समान व्यवहार गर्नु पर्दछ ।

हातमुखको समस्या, बालबच्चा पाल्न आपत् भएर आफ्नै सन्तानलाई विष ख्वायर आफूसँगै आत्महत्या गरिरहेका समाचारसमेत आइरहेका छन् । तर, अहिले हामी कहाँ बालबच्चालाई विद्यालय पठाउन नसकेर पीडीत छन कयौं परिवार । स्वास्थ्योपचार गर्न नसकेर नारकिय ढंगले काल पर्खनेहरूको संख्या पनि कम छैन देशमा । आवासको अभावमा आकाशमुनी विश्राम गरेर रात काट्न वाध्य छन कति । श्रम र रोजगारीको खोजीमा हजारौं नेपाली युवायुवतीले संसारका कयौं देशमा वैध या अवैध रूपमा गएर ज्यान गुमाइरहेको अवस्था छ ।

धनी र गरिबबीचको खाडल यति गहिरो भइसक्यो कि, राज्यको बलियो हस्तक्षेपले पनि पुर्न कठिन छ । महिला र पुरूषकाबीचको खाडल पुर्ने प्रयास भएपनि प्रयाप्त काम गर्न अझै बाँकी छ । दलित र ब्राह्मणबीचको खाडल त अझ गहिरो छ । गरी खाने र ठगी खाने बिचको खाडल पूर्ने त प्रयाससम्म पनि भएको छैन । अहिले पनि ठगहरूको बिगबिगी छ । तीनकै कुरा बिक्ने संस्कार गएको छैन । यस्ता खाले मानव निर्मित र कुरीति कु–संस्कारबाट बनेका खाडललाई पूर्वजन्म र भाग्यको खेल भन्ने चिन्तनसमेत गएको छैन । यस्ता खालका खाडल पुर्नु नै समाजवाद हो । अनि यस्ता खालका संस्कार अपनाउनु समाजवादी चिन्तन हो । त्यस्तो व्यक्ति, जो कमसेकम कमाएर खाने गर्छ, नकमाएको या उसै प्राप्त भएको धन लिँदैन र खाँदैन ।

आफूसँग भएको धनको कर तिर्ने गर्दछ । कर नतिरेको या ठगेको कालो र गैरकानुनी धन राख्दैन । अनि त्यस्तो गलत काम गरेको मन पराउँदैन भने, त्यो समाजवादी मान्छे हो । एउटा समाजवादी मानिस आफू श्रम गरेर बाँच्दछ र अरूलाई पनि श्रम गरेर खान र बाँच्न प्रेरित गर्दछ । श्रम उसको पुजा हुन्छ । अरूलाई काम गर्न निर्देशन गर्ने र आफू चाहीँ खुट्टा हल्लाएर बस्ने मानिस पुँजीवादी हुन सक्छ समाजवादी होइन ।

संसारमा पहिलो समाजवादी क्रान्ति रूसमा भयो । महान लेनिन समाजवादी रूसका राष्ट्रपति भए । रूसी जनताबीच समानता ल्याउन तल्लीन लेनिनले केबल ३ वटा कोटमा वर्षौं बिताए । अमेरिकासँगको त्यत्रो लडाइ जितेर आएका होचिमिन्हले चार वटा कोटमा जीवन बिताए । अमेरिकी राष्ट्रपति लिंकनले अभावमै जीवन गुजारे । पुँजीवादी अमेरिकामा दुईपटक राष्ट्रपति भएका बाराक ओबामासमेत काम गरेर खान्छन् । महात्मा गान्धिले सामान्य धोतीमा जीवन काटे । कमरेड पुष्पलाल श्रेष्ठको सम्पूर्ण जीवन अभावमा बित्यो । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सम्पूर्ण जीवन संघर्षमा बित्यो ।

मार्क्सले आफू भन्दामाथि श्रमिक जनतालाई राखे । कति दिन भोकै बस्थे थाहै हुँदैनथ्यो । एंगेल्सले आफ्नो सम्पूर्ण सम्पत्ति पार्टी काममा लगाए । लेनिनले राष्ट्रपति भएर पनि मेरो सरकार भनेनन् । मजदुरको जीवन बाँच्न रूचाए । क्रान्तिबाट आएका क्यूवाली राष्ट्रपति क्याष्ट्रोले जहिले पनि आफूलाई सर्वहारा श्रमिकहरूको साथमा उभ्याएर जीवनलीला बिसाए । भियतनामी राष्ट्रिय स्वतन्त्रता संग्राममा अमेरिकालाई परास्त गर्ने होचि मिन्हले आफ्नो पूरा जीवन भूमिगत बास बसेकै घरमै बिताए । बरू क्रान्तिका सहयोगी र सेल्टर दातालाई घर उपहार दिए । अहिले हामी चाहीँ के गरिरहेका छौँ ?

मदन भण्डारीले धनतीर आँखै लगाएनन् । हाम्रा फाउण्डेशनहरू के सिकाउँदैछन् ? हाम्रा सर्वहारा नेताहरू के गर्दैछन ? कस्तो जीवन बाँचिरहेका छन ? जीवनशैली कस्तो छ ? अनि जनताका समस्या बुझ्ने , कार्यकर्ताको कुरा सुन्ने, सरोकारवालालाई कसरी सकारात्मक र सहयोगी बनाउने ? के– के विषयमा कसरी होमवर्क र वर्कआउट गर्ने ? यी र यस्ता थुप्रै सवालमा हामीले समयमा ध्यान दिएनौं भने, हाम्रो हाल समाजवाद उन्मुख नहुन सक्छ । यसैले हामी कहाँ पुग्छौ ? समयमै सोच्नु आवश्यक छ ।

अरूलाई सम्मान गर्ने अनि अरूलाई पनि समान ठान्ने चरित्र समाजवादी चरित्र हो । समाजवादी चरित्र आफैमा स्वतन्त्रता, समानता, भाइचारा र सह अस्तित्वमा आधारित हुन्छ । समाजवादीहरू स्वार्थ र लालचबाट टाढा हुन्छन । ‘संगच्धम् संगवदध्वम्’ भन्ने गौतम वुद्दको आदर्शबाट प्रेरित छ समाजवाद ? हो, सँगै जाऔं, सँगै बसौं ,सँगै खाऔं , सँगै बोलौं । यो पृथ्वीमा हामी समान छौँ । एक अर्कालाई सम्मान गर्छौँ । शोषणलाई घृणा गर्छौँ । यस्तो छ समाजवाद को आदर्श । संस्कृतमा ‘परोपकारायचः पुण्याय, पापायः च पर पिडनम्’ भन्छ । अर्थात अरूको सेवा गर्नु पुण्य हो र अरूलाई दुःख दिनु या अरूलाई शोषण गर्नु पाप हो । पुण्य कार्य समाजवादमा हुन्छ । पाप कर्म पुँजीवादको विशेषता हो । अनि शोषितहरूलाई त्यस्तो शोषणको जालोबाट मुक्त गरी स्थापित गर्नु समाजवादको मुल ध्येय हो ।

जनता र जनतामा आधारित जीवनशैली समाजवादी जीवनशैली हो । आधारभूत जनताको स्तरमा आफूलाई राखेर उनीहरू सँगै विकास र प्रगतिर्फ अघि बढ्न तयार हुने जीवनशैली नै समाजवादी जीवनशैली हो । आफूलाई विशेष ठान्ने, जनता र जनताको पहुँच भन्दामाथि राख्ने अनि देश निर्माता जनतालाई नभएर आफूलाई मान्ने सोच र शैली समाजवादी हुन सक्दैन ।

वीपी कोइरालाको जीवनशैली जनता भन्दामाथि थिएन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्टको जीवनशैली सामान्य जनताको भन्दा साधारण स्तरको र अत्यन्त अभावग्रस्त र दुखपूर्ण थियो । जननेता कमरेड मदन भण्डारीको जीवनशैली पूर्ण रूपले जनमूखी थियो । कमरेड मदन भण्डारीको निधनपछि खल्तीमा दुई रूपैयाँ मात्र भेटियो ।

मार्क्सले आफू भन्दामाथि श्रमिक जनतालाई राखे । कति दिन भोकै बस्थे थाहै हुँदैनथ्यो । एंगेल्सले आफ्नो सम्पूर्ण सम्पत्ति पार्टी काममा लगाए । लेनिनले राष्ट्रपति भएर पनि मेरो सरकार भनेनन् । मजदुरको जीवन बाँच्न रूचाए । क्रान्तिबाट आएका क्यूवाली राष्ट्रपति क्याष्ट्रोले जहिले पनि आफूलाई सर्वहारा श्रमिकहरूको साथमा उभ्याएर जीवनलीला बिसाए । भियतनामी राष्ट्रिय स्वतन्त्रता संग्राममा अमेरिकालाई परास्त गर्ने होचि मिन्हले आफ्नो पूरा जीवन भूमिगत बास बसेकै घरमै बिताए । बरू क्रान्तिका सहयोगी र सेल्टर दातालाई घर उपहार दिए । अहिले हामी चाहिँ के गरिरहेका छौँ ? कस्तो जीवनशैली अपनाइरहेका छौँ । हाम्रा सेल्टरदाता र क्रान्तिकालका हाम्रा भाग्य विधाताहरूको हालत के छ ? हाम्रो ठाँट, बाँट र जीवनशैली जनतालाई पचेको छ कि छैन ? हामीले जनतालाई बाँडेको समाजवादको सपना र हाम्रो व्यवहारबीच मेल छ कि छैन् ? अनि हाम्रो कार्यशैली जनतालाई पचेको छ कि छैन ? जनता र कार्यकर्ताहरूमा के कस्तो प्रभाव परिरहेको छ ? गम्भीर समिक्षा गर्ने बेला भएन र ?

समाजवाद हरेकलाई रोजगारी दिने कार्यक्रम हो । रोजगारी सृजना गर्नको लागि राष्ट्रिय पुँजीको विकास गरिनु पर्दछ । कृषिसहित सबै किसिमको उत्पादनमा वृद्दि गर्नु आवश्यक हुन्छ । कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरण गर्नु पर्दछ । प्रगतिशील कर प्रणालीबाट प्राप्त रकम श्रमजीवि वर्गमा केन्द्रीत गरी धनी र गरिबबीचको खाडल घटाउनु र हटाउनु पर्दछ । समाजवाद निर्माणको तयारी भइरहेको बेला, चर्चा गर्नु उचित हुन्छ कि, हामीले कस्तो समाजवाद निर्माण गर्ने हो ? वैदेशिक ऋण र अनुदान वितरण गरेर देशलाई परजीवि बनाउने समाजवाद कि, राष्ट्रिय पुँजीको विकास र उत्पादन वृद्दिमार्फत स्थापित हुने आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रमा आधारित समाजवाद ?

हामी समाजवाद निर्माणको कुरा गरिरहेका छौँ । समाजवाद निर्माणको लागि समाजवादी नेताहरूले आफूलाई पनि समाजवाद अनुकुल विश्वसनिय चरित्र र संस्कारमा खरो ढंगले उतार्न आवश्यक छ । कुरा र प्रवचनमा मात्र समाजवादको तयारी गर्ने तर व्यवहारमा नवउदारवादी अर्थ उपार्जन र वितरणमा रमाउने हो भने समाजवाद केवल मुंगेरीलालको हसीन सपना मात्र हुनेछ । जय होस ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजिकै शनिबार बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।…

फाइल फाेटाे दाङ । घोराहीमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय…

संस्थाको पाँचौं साधारणसभा आगामी मंसिर २८ गते काठमाडौंमा हुन लागेको हो ।

मेष– नयाँ कामको थालनी हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं नयाँ काममा खर्च बढ्नेछ । व्यापार व्यवसायमा…