मेगा बैंककाे एक्सटेन्सन् काउन्टर स्वयम्भूमा

काठमाडौं । मेगा बैंकले काठमाडौंको स्वयम्भू ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ ।

मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्था कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक कार्यक्रमका बीच संयुक्त रुपमा एक्सटेन्सन् काउन्टरको उद्घाटन गर्नुभयो । योसँगै मेगा बैंकको एक्सटेन्सन् काउन्टर संख्या २० पुगेको छ ।

एक्सटेन्सन् काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीलाई सहज हुने मेगा बैंकले विश्वास लिएको जनाइएको छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन् काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको जानकारी दिइएकाे छ ।

ग्राहकको बिश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालय रहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…

श्रेष्ठले नेताहरुमा सधै ‘पोष्ट, पावर, र प्रोपटीजस्ता थ्री पी’ को गलत प्रयोग बढ्ने कम्युनिष्ट पार्टी सकिने सम्भावना हुने बताउनुभयो ।

नारायण थापा भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदसहित ७० जनाको…

शिक्षामन्त्री गिरिरराजमणी पोखरेलले यतिबेला कालापानी क्षेत्रको सीमा विवादमा मुलुक होमिएको बेला अनशन बस्न नहुने आग्रह गरेको केही दिनमा केसीले अनसन…

प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्नुभयो ।