Logo असार १, २०७८ मंगलबार


‘भ्रमण वर्ष २०२०’ को प्रवर्द्धन गर्दै म्युजिक भिडियाे ‘यात्री’ (भिडियाेसहित)

काठमाडौं । गायक सुनिल गिरीले नयाँ म्युजिक भिडियो ‘यात्री’ सार्वजनिक गरेका छन् ।

गिरीकै शब्द, संगीत तथा स्वरमा रहेको गीतको भिडियो अन्नपूर्ण बेस क्याम्प वरिपरि छायाङ्कन गरिएको छ । भिडियोमा कम्प्रोमाइज नगर्ने सुनिलले उक्त भिडियोमा अन्नपूर्ण हिमाल वरिपरिका मनोरम दृष्यलाई समेटेका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा म्युजिक मिडियो सार्वजनिक गरिएको हो ।

पर्यटकलाई विशेष आकर्षित गर्ने मनसायले भिडियोको निर्माण गरिएको सुनिल बताउँछन् । भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने विश्वासका साथ सुनिल गिरीले भिडियोमा विशेष मेहनत गरेका छन् ।

महेश्वरमान राजभण्डारीको रेकर्डिङ र मास्टरिङ रहेको भिडियोमा सुनिल गिरी, बिनोद अधिकारी, टिकाराम पनेरु, विष्णुकान्त घिमिरे, रामकृष्ण बानियाँको अभिनय रहेको छ ।

योगेश दाहालको छायाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको भिडियोको सुनिल गिरीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…