भारतीय कम्पनी जिएमआरसँग भएको माथिल्लो कर्णाली सम्झौता खारेज गर्न माग

काठमाडौं । सत्तारुढ दलका नेताहरुले नै जलाशययुक्त माथिल्लो कर्णाली निर्माणका लागि भारतीय कम्पनी जिएमआरसँग गरिएको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

कुनै पनि परियोजना राष्ट्रहित विपरीत हुन नहुने भन्दै नेताहरुले राष्ट्रियतालाई कमजोर पार्ने दुस्साहस कसैले नगरोस् भनी चेतावनी समेत दिएका हुन् ।

काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको माथिल्लो कर्णाली र बुढीगण्डकी परियोजनाबारे राष्ट्रहितको बहस कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई कमजोर पार्ने परियोजनालाई सरकारले समर्थन गर्न नहुने धारणा राख्नुभयो ।

त्यसैगरी नेता भीम रावलले देशमा राज्य कसको लागि परिचालित हुँदैछ भन्ने प्रश्न गर्दै देशविरोधी जिएमआरसँगको सम्झौता तत्काल खारेज गर्न माग गर्नुभयो । माथिल्लो कर्णाली परियोजना राष्ट्रहितमा बन्नुपर्ने नेता रावलको भनाइ थियो ।

कार्यक्रममा बहुउद्देश्यीय बुढीगण्डकी परियोजनालाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण पनि गरेका थिए ।

सहभागीले राष्ट्रहितको पक्षपोषण गर्नेगरी कम्युनिष्ट नेतृत्वको सरकारले आफ्ना कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।