मिस नेपाल अनुष्का श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंककाे ब्राण्ड एम्बेस्डर

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल अनुष्का श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सोमबार पत्रकार सम्मलेन गर्दै मिस नेपाल अनुष्का श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको जानकारी गराएको हो ।

राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीबीच श्रेष्ठलाई एम्बेस्डर बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्मेलनमा वाणिज्य बैंकले अन्य बैंकसँग आफ्नो प्रतिस्पर्धा राम्रो रहेको भन्दै आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने दाबी पनि गरेको छ ।

बैंकले युवा पुस्तालाई वाणिज्य बैंकप्रति आकर्षण गर्न ब्रान्ड एम्बेस्डरका रुपमा मिस नेपाल नियुक्त गरिएको जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक मिस नेपाल अनुष्का श्रेष्ठले आफ्नो पृष्ठभूमि बैंकिङ्ग क्षेत्र नै भएकाले यसले थप उर्जा प्रदान गर्ने बताउनुभयो । सरकारी स्वामिात्वमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बेस्डर हुँदा खुशी व्यक्त गर्दै श्रेष्ठले इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने दाबी गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैंकको कार्यक्रममा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बेस्डर हुन पाउँदा अत्यन्त खुशी लागेको बताइन् ।

बैंकले आव २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको बताएको छ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय २२ शाखा कार्यालय, १ सय ७५ एटिएम र ९३ शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा दिइरहेको छ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।