सिन्धुलीमाढी बजारक्षेत्रमा सीसी क्यामेरा जडान

बलवीर भुजेल

सिन्धुली । सिन्धुलीमाढी बजार क्षेत्र सोमबारदेखि सीसी क्यामेराको निगरानीमा रहेको छ ।

शान्ती सुुरक्षा थप सुुदृढ वनाउँदै सडक दुर्घटना तथा अपराधलाई न्यूनिकरण गर्न कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सीसी क्यामेरा जडान गरेको हो ।

बजार क्षेत्र, मुुख्य सडक तथा संवेदनशील स्थान, बसपार्कका साथै सरकारी कार्यालय अगाडि गरी जम्मा २८ वटा सीसी क्यामेरा राखेर बजारक्षेत्रलाई २४ सै घण्टा निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

सोमबार जिल्ला प्रहरी कार्यालयमा सीसी क्यामेरा जडानको उद्घघाटन गर्दै कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले सीसी क्यामेरामार्फत आधुनिक तरिकाले प्रहरीलाई अपराध अनुसन्धान गर्न सहज हुने तथा सुरक्षित समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । सुरक्षा निकायसँग सहकार्य गरेर अन्य संवेदनशील क्षेत्रको अध्ययन गरी थप सीसी क्यामेरा जडान गरिने बताउनुभयो ।

सिन्धुलीमाढी बजार क्षेत्रमा पाँच बर्ष पहिले नै सीसी क्यामेरा जडान गरिएको भएपनि त्यसको उचित मर्मत संभार नहुँदा ढेड वर्षदेखि प्रयोग विहिन बनेको थियो ।

कमलामाई नगरपालिकाको प्रविधियुक्त शहर निर्माण गर्ने अभियान अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ को १ करोड १६ लाख रकमबाट सडकमा सोलार बत्ती तथा सीसी क्यामेरा जडान गरिएको हो । सीसी क्यामेरा जडानसँगै बजार क्षेत्रका ब्यापारीहरुले सुरक्षित महशुस गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।