‘वामदेवलाई उपाध्यक्ष बनाउने निर्णय उल्टिन सक्छ’ (भिडियोसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विधान विपरित सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाइएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताउनुभएको छ ।

जनता टेलिभिजको कार्यक्रम ‘जन संवाद’ मा पाण्डेले सचिवालय बैठकबाट भइरहेका विधान विपरितका निर्णयहरु स्थायी कमिटी र केन्द्रीय कमिटीले जमेर प्रतिवाद गर्ने र उल्टाउन सक्ने चेतावनी दिनुभयो ।

नेकपामा अहिले भइरहेका कतिपय निर्णयहरु पार्टी आवश्यकतालाई भन्दा व्यक्ति व्यवस्थापनलाई ध्यानदिएर भइरहेकाले व्यक्तिवादले प्रोत्साहन पाइरहेको पूर्वमन्त्री समेत रहनुभएका पाण्डेको भनाइ छ ।

२०५१ सालमा वामदेव गौतमलाई विधानविपरित उपमहासचिव बनाइएको र पछि उक्त पद खोसुवा गर्दा पार्टी विभाजनको विन्दुसम्म पुगेको सन्दर्भमा अहिले उनै वामदेवलाई पार्टीको उपाध्यक्ष बनाउँदा केही गरी उक्त पद खोसिए पहिलेको जस्तो पार्टी नै फुटाउने ‘ल्याकत’ भने अब वामदेवसँग नरहेको दाबी गर्नुभयो ।

उहाँले सरकारले गर्नुपर्ने जति काम गर्न नसकेको भएपनि आर्थिक संमृद्धिको जग खन्ने काम भने गरिरहेको बताउनुभयो । जनतालाई राजनीतिक नेतृत्वले कतिपय असम्भव सपना देखाउने गरेकाले पनि सरकारले गरेका काम छाँयामा परेको नेता पाण्डेको भनाई छ ।

पाण्डेसँग ‘जनसंवाद’ मा दीपक पाण्डेले गर्नुभएको कुराकानी

भिडियाे हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकषर्ण…

काठमाडौं । सरकारले नेपाल ट्रस्टको जग्गा जमिन र चल–अचल सम्पत्तिको बारेमा श्वेतपत्र जारी गर्ने भएको छ । यती होल्डिङ्सलाई सस्तोमा…

अनिल तिवारी बारा  । मुलुकमा भूमाफियाले सरकारी जग्गा हडपेको चर्चा पछिल्लो समय चुलिएको छ । ललिता निवासदेखि यती होल्डिङले हडपेका…