सिंहदरबारभित्रै नायव सुब्बाले गरे आत्महत्या

काठमाडौं । सिंहदरबार भित्र एक नायव सुब्बाले आत्महत्या गरेका छन् ।
राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी कार्यालयमा मृत अवस्थामा फेला परेका हुन् ।
मृतक केसीले कार्यालयभित्रै विष सेवन गरेको आशंका गरिएको छ ।
सिंहदरबारको योजना आयोगका एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी अनुसन्धानका लागि त्यसतर्फ प्रहरी गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।