भदौ १२ देखि काठमाडौं–ओसाका उडान

काठमाडौं ।  नेपाल वायु सेवा  निगमले भदौको दोस्रो सातादेखि काठमाडौं–ओसाका उडान भर्ने भएको छ । निगमले भदौ १२ गतेबाट काठमाडौंदेखि जापानको ओसाका सिधै उडान गर्न लागेको हो ।

निगमका अध्यक्ष मदन खरेलले काठमाडौं–ओसाका उडान नियमित हुने जानकारी गराउनुभयो । अध्यक्ष खरेलका अनुसार निगमले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

‘काठमाडौं ओसाकाको उडान समय ६ घण्टा ३० मिनेटको हुनेछ’ निगमद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘काठमाडौँ देखि जापानको नारिता विमानस्थल सम्मको उडान सम्बन्धमा पनि धेरै प्रक्रियागत काम भैसकेको छ । आउँदो जनवरीदेखि काठमाडौँ टोकियो काठमाडौँ उडान गर्ने तयारी गरिरहेका छौं ।’

निगमले वाइडबडी ल्याएको १४ महिनापछि नयाँ गन्तव्यमा उडान गर्न थालेको हो । निगमले ओसाकामा हुने सबै उडान वाइडवडी ए ३३०–२०० बाट हुने जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।