Logo मंसिर ११, २०७७ बिहीबार


पुडासैनी आत्महत्या प्रकरण : अस्मिताले वकिल पाइनन्

काठमाडाैं । चितवन जिल्ला अदालतलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

मंगलबार म्याद थपका लागि भएको बहसमा सरकारी वलिकलको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले आधार र कारण खुलाइ थप १० दिनको समय माग गरेकोमा जिल्ला अदालत चितवनले पाँच दिनको समय दिएको हो । रवि लामिछानेसँग झन्डै पाँच घन्टा बयान लिइएको छ । सोमबार र मंगलबार गरी पाँच घन्टा बयान लिएको हो ।

प्रतिवादी रवि र युवराजको तर्फबाट पूर्वमहान्यायधीवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनील पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चुडामणि सापकोटाले बहस गरेका थिए ।

अस्मिताको केही अधिवक्ता भएनन्
पुडासैनी आत्महत्या प्रकरणकी आरोपित अस्मिता कार्कीको बहसका लागि कुनै पनि अधिवक्ता तयार भएनन् । रवि र युवराजको पक्षमा पूर्वमहान्याधिवक्ता र वरिष्ठ अधिवक्तले वकालत गरे पनि अस्मिताको पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।