३० सेकेण्डकाे आपत्तिजनक भिडियो पोस्टले चकनाचुर बन्याे सपना

काठमाडौं । सबैथोक ठीकसँग चलेको भए बारा जितपुरका २६ वर्षीय सागर मैनाली यतिबेला वैदेशिक रोजगारीका निम्ति मलेसिया जान सुटकेस किनिरहेका हुनेथिए वा विदेश जाँदा के–के लैजाने भन्ने सूची बनाइरहेका हुनेथिए । आइतबार साँझ उनको समयतालिका खलबलियो जब दुई नौला मान्छे घरमा झुल्किए । ती मान्छे सादा पोसाकमा खटिएका नेपाल प्रहरीका अनुसन्धान अधिकारी थिए ।

प्रहरी लिन आएपछि उनी टिर्सट पहिरेर खुरुखुरु घर नजिकैको इलाका प्रहरी कार्यालय जितपुरमा गए । भोलिपल्ट अर्थात् उनलाई जहाजमार्फत काठमाडौं ल्याइयो र साइबर अपराध गरेको आरोपमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइयो । बुधबार प्रहरी परिसर काठमाडौंमा भेटिएका सागरले आफूलाई मुद्दा लाग्नुको पृष्ठभूमि मात्रै सुनाएनन्, आम नागरिकको छटपटीलाई प्रतिनिधित्व गर्न कोही तथ्य पनि अघि सारे ।

पाँच वर्षअघि वैदेशिक रोजगारीको तीन वर्ष यात्रा टुंगाएर मलेसियाबाट फर्केका सागर दुई वर्षयता घरतिरै थिए । उनी दिनगन्तीका हिसाबले गाउँतिर पाएअनुसारको काम गर्थे ।

प्रधानमन्त्री केपी ओली, सरकार सञ्चालन गरिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतालाई अश्लील गाली गरेको आरोपमा सागर पक्राउ परेका हुन् ।

३० सेकेन्डको यही भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले इलाका प्रहरी कार्यालय जितपुरको सहयोगमा उनलाई पक्राउ गरेको हो ।  पक्राउ परेपछि उनले आगामी पुस्ताले पनि आफूले जस्तै नियति भोग्नु नपरोस् भनेका छन् । समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।